नेप्सेमा २२ अंकको वृद्धि, ६ अर्ब ७४ करोड माथिको कारोबार



काठमाडौं । आज साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २२.८५ अंकले बढेर २,६४७ को विन्दुमा कायम भएको छ ।

आज १९६ कम्पनीको मूल्य बढेको छ भने ७४ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा २ करोड १२ लाख ७२ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७४ करोड माथिको सेयर कारोबार भएको छ । आज बैंकिङ समूहमा आकर्षण देखिएको छ ।

यो समूह सूचक सबैभन्दा धेरै १.५९ प्रतिशत बढ्यो । त्यस्तै जीवन बीमा १.५२ प्रतिशत बढ्यो । विकास बैंक ०.४०, होटल तथा पर्यटन ०.३३, जलविद्युत् ०.८५, लगानी ०.१०, उत्पादन तथा प्रशोधन ०.५५, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा ०.४८ र व्यापार ०.८५ प्रतिशत बढे । अन्य ०.११ र फाइनान्स ०.०२ प्रतिशत घटे ।

प्रकाशित मिति : आश्विन २, २०८३ शुक्रबार  ३ : ३४ बजे