एन्फामा छापा, कागजातसहित केही व्यक्ति सीआईबीको नियन्त्रणमा



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मा प्रहरीले छापा मारेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले एन्फामा छापा मारेर केही कागजात समेत नियन्त्रणमा लिएको हो ।

सीआईबीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशीसहित त्यहाँ रहेका पदाधिकारीसँग पनि केरकार गरेको हो।

छापा मारेर केही कागजात र केही व्यक्तिलाई नियन्त्रणमा लिएको सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

यसबारेमा थप जानकारि आएको छैन ।

प्रकाशित मिति : आश्विन २, २०८३ शुक्रबार  ८ : १२ बजे