प्रधानमन्त्री साहलाई गगनको सुझावः राष्ट्रसंघ महासभामा प्रमाणका साथ प्रश्तुत हुनुस्



काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हितका विषयहरु प्रभावकारी रुपमा उठाउन सरकारलाई आग्रह गरेका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा द ग्रीन टेबल’ को १८ औं श्रृङ्खला “हिमचुलीको हलचलः भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी विषयक संवाद कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

उनले प्रधानमन्त्री बालेन्द्र साहलाई महासभामा भाग लिएको यो नै पहिलो पटक हो भन्ने गरी आत्तिनुपर्ने आवश्यकता नरहेको बताए ।

उनले विगतका सरकारको विरासत बोकेर र आउने सरकारको अगुवा बनेर महासभामा निर्धक्कका साथ आफ्ना भनाइहरु राख्न सुझाव दिए । सभापति थापाले सिंगो देशको प्रतिनिधित्व हुनेगरी सबै नेपालीका भावनाको प्रतिनिधित्व गर्न सुझाव दिए ।

प्रकाशित मिति : आश्विन २, २०८३ शुक्रबार  ८ : १८ बजे