काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ।
आइतबार प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन तोलामा एक हजार तीन सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ। आइतबार प्रतितोला चार हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।










