काठमाडौँ । आज र भोलि चल्ने एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रक्रियामा हस्तक्षेप गर्न खोजेको भन्दै महासचिव शंकर पोखरेलले असन्तुष्टि जनाएका छन्।
सोमबार बैठकपछि पोखरेलले भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेर करिब साढे तीन घण्टा छलफल गरेका थिए। छलफलमा बैठक सञ्चालनको स्थापित विधि पालना गर्नुपर्ने र एकतर्फी ढंगले प्रक्रिया अघि बढाइए परिस्थिति अप्रिय हुनसक्ने चेतावनी पोखरेलले दिएको उनीनिकट स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई सहितका नेताहरूले अध्यक्ष केपी ओलीको प्रतिवाद गर्ने तयारी गरेका छन्। एमालेका उच्च तहका नेताहरु र ओलीबिच चलीरहेको बिबाद अब निर्णाक बन्न थालेको स्रोतको दाबि छ ।
यसैबीच, आजको बैठकमा महासचिव पोखरेलको सांगठनिक प्रतिवेदन र पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन पेश गर्नुपर्ने माग उठाउने तयारी केही केन्द्रीय सदस्यले गरेका छन्।










