काठमाडौं । २० औं एसियन गेम्स २०२६ मा नेपालले पहिलो पदक हासिल गरेको छ।
नेपालको लागि करातेको कुमुतेतर्फ ८४ केजी माथिको तौल समुहमा नेपालका तेन्जिङ शेर्पाले कास्य पदक जितेका छन्।
उनले लाओसका भथ्थाना छयासनलाई ९–१ ले पराजित गर्दै कास्य पदक जितेका हुन्।
सेमिफाइनलमा इरानका महमुद निमातीसँग ५–० ले पराजित भएका तेन्जिङले नेपालको लागि कास्य पदक जितेका हुन्।
नेपालको लागि उनको यो पदक बीसौँ एसियाली खेलकुदको पहिलो पदक हो । यसअघि विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेता पनि नेपालले पदक जित्न सकेको थिएन ।










