काठमाडौं । गएराति महाराजगञ्जस्थित निवासबाट पक्राउ परेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोली भेट नगरी फर्किएको छ।
आयोगको टोलीले कार्यालयको गेटमा करिब ४५ मिनेट प्रतीक्षा गरे पनि प्रहरीले जबरासँग भेट्न अनुमति नदिएपछि फर्किएको हो।
जबरालाई प्रहरीले गएराति महाराजगञ्जस्थित निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा ल्याएको थियो।
प्रहरीले ‘सुरक्षा थ्रेट’ भएकाले सुरक्षाका लागि जबरालाई ल्याएर राख्नुपरेको जिकिर गरेको छ ।










