फ्रान्सको लियोन शहरमा हजारौंले गरे जलवायु संकटविरुद्ध प्रदर्शन



काठमाडौं । जलवायु परिवर्तनको असरप्रति गम्भीर बन्न र तत्काल आपतकालीन नीतिहरू कार्यान्वयन गर्न माग गर्दै फ्रान्सको तेस्रो ठूलो शहर लियोनमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।

सो प्रदर्शनमा सहभागीहरूले वातावरण संरक्षण, सामाजिक न्याय र विश्व शान्तिको पक्षमा चर्का नारा लगाएका थिए । विभिन्न उमेर समूहका नागरिकको बाक्लो उपस्थिति रहेको उक्त प्रदर्शनले जलवायु परिवर्तनका कारण विश्वभर बढ्दो संकटतर्फ ध्यानाकर्षण गराउने प्रयास गरेको छ ।

प्रदर्शनमा सहभागीहरूको संख्याबारे स्थानीय प्रशासन र आयोजकबीच फरक तथ्यांक सार्वजनिक भएको छ ।

स्थानीय प्रशासनले उक्त ¥यालीमा करिव ५ हजार मानिस सहभागी भएको जनाएको छ भने आयोजकहरूले सहभागी संख्या १० हजारको हाराहारीमा रहेको दाबी गरेका छन् ।

प्रकाशित मिति : आश्विन १२, २०८३ सोमबार  १० : २२ बजे