काठमाडौं । प्रतिनिधि सभाको सोमवारको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउप्रति असन्तुष्टि जनाउँदै सरकारले ‘गुण्डागर्दी शैली’ अपनाएको आरोप लगाएका छन् ।
संसदमा विशेष समय लिएर बोल्दै महरले कुनै अभियोगबिना मध्यरातमा जबरालाई पक्राउ गरेर सरकारले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी शासनको ठाडो उल्लङ्घन गरेको दाबी गरे ।
उनले पूर्वप्रधानन्यायाधीश जबराको पक्राउलाई ‘राज्य आतंक’को संज्ञा दिए ।काठमाडौं । प्रतिनिधि सभाको सोमवारको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउप्रति असन्तुष्टि जनाउँदै सरकारले ‘गुण्डागर्दी शैली’ अपनाएको आरोप लगाए ।
संसदमा विशेष समय लिएर बोल्दै महरले कुनै अभियोगबिना मध्यरातमा जबरालाई पक्राउ गरेर सरकारले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी शासनको ठाडो उल्लङ्घन गरेको दाबी गरे । उनले पूर्वप्रधानन्यायाधीश जबराको पक्राउलाई ‘राज्य आतंक’को संज्ञा दिए ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन । तर सरकारले पूर्वाग्रह र प्रतिशोधका आधारमा नागरिकको मान–प्रतिष्ठामाथि प्रहार गरिरहेको छ,’ उनले भने, ‘यदि कोही कसैले कानुन मिचेको छ भने तथ्य र प्रमाणका आधारमा कारबाही होस्, हामी त्यसको पक्षमा छौँ । तर आधारहीन आरोपमा घरमै गएर पक्राउ गर्ने शैली कानुनी राज्यको बर्खिलाप हो ।’










