एसएसपी खड्कालाई मानव अधिकार आयोगले सोधपुछका लागि बोलायो



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई बोलाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा.टिकाराम पोखरेलका अनुसार प्रहरी प्रधान कार्यालयमार्फत खड्कालाई मंगलबार आयोगमा डाकिएको हो । 

जबरालाई पक्राउ गरेपछि आयोगको टोली अनुगमनका लागि टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगे पनि प्रहरीले टोलीलाई गेटबाटै फर्काएको विषयमा छलफल गर्न खड्कालाई बोलाइएको पोखरेलले बताए ।

प्रकाशित मिति : आश्विन १२, २०८३ सोमबार  ४ : ४८ बजे