काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ९.६२ अंकले घटेर २,६०३ को विन्दुमा कायम भएको छ ।
आज ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९९ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज ४ अर्ब ६५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिरष्टलरीको सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १।०१ अंकले घटेर ४६६।६५ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने दुई वटाको बढेको छ । परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
अघिल्लो दिन ५ अर्ब माथिको कारोबार भएको बजारमा आज साढे ४ अर्ब माथिको मात्रै कारोबार भएको छ । मंगलबार ३६३ कम्पनीका १ करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर ५१ हजार २७४ पटक खरिद बिक्री हुँदा ४ अर्ब ६५ करोड ४८ लाख ७८ हजार ४५ रुपैयाँको कारोबार भएको छ ।










