कांग्रेसले माग्यो पूर्व प्रधानन्यायाधीश राणाको पक्राउबारे कानुनी आधार



काठमाडौँ । नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिइएको घटनाबारे सरकारसँग कानुनी आधार र प्रक्रियाबारे स्पष्ट जवाफ माग गरेको छ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद नीनुकुमारी कर्णले असोज १० गते मध्यरातमा सुरक्षा चुनौतीको कारण देखाउँदै जबरालाई नियन्त्रणमा लिइएको विषयले विधिको शासनमाथि प्रश्न उठाएको बताइन्।

उनले कसैको विगतको पद, राजनीतिक धारणा वा सार्वजनिक छविका आधारमा संविधानप्रदत्त अधिकार फरक हुन नहुने बताइन्।

सांसद कर्णले भनिन्, ‘सुरक्षा चुनौती भएकै हो भने राज्यले सुरक्षा दिनुपर्छ, तर नागरिकको स्वतन्त्रतामाथि नियन्त्रण गरिन्छ भने त्यसको स्पष्ट कानुनी आधार र प्रक्रिया सार्वजनिक हुनुपर्दछ।’

उनले सुरक्षा चुनौती भए राज्यले सुरक्षा प्रदान गर्नुपर्ने भन्दै नागरिकको स्वतन्त्रता नियन्त्रणमा लिने अवस्था आए त्यसको कानुनी आधार र अपनाइएको प्रक्रिया सार्वजनिक गर्नुपर्ने माग गरिन्।

प्रकाशित मिति : आश्विन १४, २०८३ बुधबार  २ : ४७ बजे