प्राविधिक ज्ञानलाई मुलुक विकासमा उपयोग गर्न प्रधानमन्त्रीको आग्रह



काठमाडौँ, असोज १४ । प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदलाई आफ्नो ज्ञान, सीप र अनुभव मुलुकको विकासमा उपयोग गर्न आग्रह गरेका छन्।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति निर्माण र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरे।

“तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,” प्रधानमन्त्री शाहले भने।

उनले सांसदलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकता दिन सुझाव दिए।

प्रकाशित मिति : आश्विन १४, २०८३ बुधबार  ३ : ३९ बजे