चालु संसद् अधिवेशन असोज १६ गतेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस



काठमाडौ. । सरकारले संघीय संसदको चालु अधिवेशन १६ असोजदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

संविधानअनुसार संसदको अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

चालु अधिवेशन गत २८ वैशाखदेखि सुरु भएको थियो । यस अवधिमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित भएका छन् ।

प्रकाशित मिति : आश्विन १५, २०८३ बिहीबार  १० : ०९ बजे