सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले सरकार ठिक दिशामा अगाडि बढ्न नसकेको टिप्पणी गरेका छन् ।

बिहीवार पार्टीको दुवै सदनको संसदीय समितिको संयुक्त बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक दाहालले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सरकारले गरेको सकारात्मक कार्यमा नेकपाले सधैं सहयोग गर्दै आएको पनि बताए ।

उनले सरकारको ६ महिनाको समीक्षा गर्दा केही काम सकारात्मक भएपनि समग्रमा ठिक ढंगले जनहितमा काम गर्न नसकेको पनि आरोप लगाए ।

प्रकाशित मिति : आश्विन १५, २०८३ बिहीबार  ७ : ४९ बजे