पोखरा –
शुक्रबार पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत चितवन राइनोजले धनगढी ब्लुजलाई ५२ रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको चितवनले पुरा ओभर खेलेर ५ विकेटको क्षतिमा १ सय ८२ रनको लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङमा उत्रेको धनगढीले २० ओभर पुरा खेलेर ८ विकेटको क्ष्तिमा १ सय १९ रन मात्रै बनाउँदा चितवनले जितेको हो ।
लगातार तीन खेल जितेको चितवन ६ अंकसहित प्लेअफमा प्रवेश गरेको छ ।










