काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३स्०० बजे केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार आजको बैठकमा विशेष गरी संगठन विस्तार, आगामी स्थानीय निर्वाचनको तयारी र आन्तरिक मनोनयनका विषयमा छलफल हुनेछ।
बैठकले स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन सम्बन्धमा, विभागीय प्रमुख र उपप्रमुख मनोनयन सम्बन्धमा, केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा ‘हामी आउँदै छौ’ अभियान सम्बन्धमा र मधेस प्रदेश संगठनको अडिट रिपोर्ट सम्बन्धमा आवश्यक छलफल तथा निर्णय गर्ने बताइएको छ ।










