कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

बैठक आज बिहान १० बजे पार्टीको १५औँ महाधिवेशनस्थल काठमाडौंको खुलामञ्चमा बस्ने भएको हो ।

बैठकमा पार्टीको १५औँ महाधिवेशनसँग सम्बन्धित विषय तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

प्रकाशित मिति : आश्विन १९, २०८३ सोमबार  ८ : ४९ बजे