काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी फिर्ता, उम्मेदवारी सच्याउन तथा प्रकाशित उम्मेदवारको नामावलीमा नाम छुटेको भए दाबी गर्न आज दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार विज्ञप्ति जारी गर्दै उमेदवारको मनोनयन फिर्ता, उमेदवारीको सच्याई पाउन निवेदन र प्रकाशित नामावलीमा नाम छुटेको भए सोको दाबी गर्ने समयसीमा तोकेको हो ।










