काठमाडौं । नेपाली कांग्रेसको बन्दसत्र सुरु भएको छ ।
बन्दसत्रमा पार्टीका सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ।
प्रतिवेदन पारित भएपछि महाधिवेशनको मुख्य प्रक्रिया नयाँ नेतृत्व चयनतर्फ अघि बढ्नेछ। निर्वाचन कार्यतालिकाअनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ।










