बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान



काठमाडौं । गृहमन्त्री सुदन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को सम्मेलनका भाग लिन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

भारतीय गृहमन्त्री अमित शाहको पहलमा बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक नयाँ दिल्लीमा असोज २७ मा आयोजना हुदै छ । बैठकमा नेपालका गृहमन्त्री गुरुङसहित भारतका शाह, बंगलादेशका सलाहुद्दिन अहमद, भुटानका लुङ्तेन दोर्जी, म्यानमारका लेफ्टिनेन्ट जनरल न्युन्ट विन स्वे, श्रीलंकाका विजिथा हेराथ र थाइल्यान्डका अनुतिन चानविराकुल सहभागी हुनेछन्।

भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी शाहसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यतालीका रहेको छ । गृहमन्त्री गुरुङ असोज २८ गने स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ । । गृहमन्त्री गुरुको यो पहिलो विदेश भ्रमण हो।

प्रकाशित मिति : आश्विन २६, २०८३ सोमबार  २ : ३० बजे