कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै



काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको छ ।

खुलामा नौँ जनाबीच प्रतिस्पर्धा भइरहँदा दुई जना निर्वाचित हुनेछन् । जसमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको हो ।

दुई हजार ३९० मत गणना गर्दा खतिवडाले एक हजार ७५ मत पाएका छन् भने दोस्रो स्थानका शिवाकोटीले ७७२ मत ल्याएका छन् ।

प्रकाशित मिति : आश्विन २६, २०८३ सोमबार  ४ : ४५ बजे