अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धता : ‘आर्थिक कुटनीति’लाई प्राथमिकतामा राख्नेछु



काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि नेपाल सरकारद्वारा प्रश्तावित राजदुत चिरनजंग थापाले नेपाल–अमेरिका सम्बन्धलाई आर्थिक समृद्धि र कुटनीतिक समन्वयको माध्यम बनाउँदै नेपाली नागरिकको सुरक्षा र हितमा केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोमवार संसदीय सुनुवाई समितिसमक्ष आफ्नो कार्यकालका लागि कुटनीतिक कार्ययोजना प्रश्तुत गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन् ।

थापाले नेपालको परराष्ट्र नीतिका लक्ष्यहरू हासिल गर्न आर्थिक कुटनीतिलाई प्रमुख औजारका रूपमा प्रयोग गर्ने बताए ।

उनले नेपाल र अमेरिकाबीचको ८० वर्षको मैत्रीपूर्ण सम्बन्धलाई आधार मानेर उच्चस्तरीय भ्रमण आदानप्रदान र लगानी भित्र्याउन सक्रिय पहल गर्ने योजना सुनाए ।

प्रकाशित मिति : आश्विन २६, २०८३ सोमबार  ९ : २१ बजे