काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ ।
नेप्से परिसूचक ४.५६ अंकले बढेर २,६२५ को विन्दुमा कायम भएको छ । आज १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब ७१ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बेनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४।९८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।










