पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा



काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको कार्यशैली र संगठन निर्माणको तरिका बदल्नुपर्नेमा जोड दिँदै आफूलाई पार्टीका नियमित प्रशासनिक कामबाट अलग राख्ने घोषणा गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रमलाई सम्बोधन गर्दै उनले वीपी कोईराला र गणेशमान सिंहको पालाका मुद्दाले आजको समाजको प्रतिनिधित्व गर्न नसक्ने भन्दै अबको काँग्रेस समसामयिक प्रश्नहरूको हल खोज्न तल्लीन हुनुपर्ने बताए ।

थापाले आजको नेपाली समाजका चुनौतीहरूलाई सम्बोधन गर्न ‘समुन्नति’ को अवधारणा अघि सारेर काम गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : आश्विन ३०, २०८३ शुक्रबार  ८ : ११ बजे