राजनीतिलाई सस्तो लोकप्रियतावादबाट लोकतन्त्रको मूल बाटोमा फर्काउनुपर्छः गगन थापा



काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले समकालीन नेपाली राजनीतिलाई सस्तो लोकप्रियतावाद ९पपुलिजम० बाट पुनः वास्तविक लोकतन्त्रतर्फ र केवल प्रदर्शनमुखी शैलीबाट नीतिगत सुधारतर्फ डो¥याउनुपर्ने आवश्यकता रहेको बताएका छन ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा शनिवार आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले व्यक्तिगत चमत्कारबाट समाजको दिगो रूपान्तरण सम्भव नहुने दाबी गरेका हुन ।

सभापति थापाले व्यक्तिकेन्द्रित चमत्कारिक दाबीहरूले क्षणिक उत्साह ल्याए पनि समाजमा दिगो र स्थायी परिवर्तन संस्थागत सुदृढीकरणबाट मात्रै सम्भव हुने स्पष्ट पारे ।

प्रकाशित मिति : आश्विन ३१, २०८३ शनिबार  ७ : १० बजे