काठमाडौँ। विश्वभर पीएचपी प्रविधिमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपालका केही सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू सावधानीस्वरूप अस्थायी रूपमा बन्द गरिएका छन्। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र ९एसडिओसी० ले एक जरुरी सुरक्षा सूचना जारी गर्दै सम्भावित साइबर आक्रमण र क्षति रोक्न प्रणालीहरू स्थगन गरिएको जानकारी दिएको छ।
केन्द्रका अनुसार पीएचपी प्रविधिमा अति उच्च स्तरको सुरक्षा कमजोरी फेला परेको छ। यस जोखिमका कारण आक्रमणकारीहरूले बिना लगइन नै सर्भरमा सिधै कोड चलाउन र प्रणाली नियन्त्रणमा लिन सक्ने खतरा रहेकाले विश्वभरका पीएचपीमा आधारित प्रणालीहरू प्रभावित भएका छन्।
बडादसैँको बिदाको समयमा समेत केन्द्र र प्राविधिक टोलीहरू जोखिम नियन्त्रण तथा सुरक्षा प्याच अद्यावधिक गर्न निरन्तर खटिरहेका छन्।
प्रभावित प्रणालीहरूमा आवश्यक सुरक्षा सुधार र प्राविधिक परीक्षण सम्पन्न गरी सुरक्षित भएसँगै सेवाहरू क्रमशः पुनः सञ्चालनमा ल्याइने केन्द्रले जनाएको छ। अचानक सेवा अवरुद्ध हुँदा परेको असुविधाप्रति केन्द्रले क्षमासमेत मागेको छ।










