काठमाडौं । नेपाली काँग्रेसले हालै सम्पन्न पार्टीको १५ औँ महाधिवेशनको सन्देश जनतासम्म पु¥याउन तथा पार्टी संगठन सुदृढ गर्न मंसिर महिनाभरि ‘काँग्रेस तयार छ’ विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
बिहीवार पार्टी मुख्यालयमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले यस्तो घोषणा गरेका हुन् ।
उहाँले महाधिवेशनबाट पारित नीतिगत दस्तावेज र निर्णयहरू समुदायस्तरसम्म पु¥याउन अभियान सञ्चालन गर्न लागिएको बताए ।
सभापति थापाले विगतको समीक्षा र आलोचनाको चरण पूरा भएकाले अब पार्टीले मुलुकसामु देखा परेका समस्या हल गर्ने जिम्मेवारी निर्वाह गर्न केन्द्रित हुनुपर्ने बताए ।










