नेकपामा बिबादै-बिबाद , नेतृत्व लाई पार्टी सम्हाल्नै गार्हो



२५ असोज, काठमाडौं–

नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक एकतालाई लिएर विवाद चुलिरहेका बेला नेता वामदेव गौतमलाई उपनिर्वाचन लड्ने विषयले झनै विवाद बढाएको छ ।

नेकपाले बर्दिया निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा चुनावमा पराजित नेता गौतमलाई काठमाडौं ७ बाट निर्वाचित सांसदलाई राजीनामा गराएर संसदमा लैजाने प्रक्रिया सुरु गरेपछि यसले विवाद भने चर्काएको हो ।
मंगलबार नेकपाका सांसद रामवीर मानन्धरले पत्रकार सम्मेलनमार्फत गौतमका लागि राजीनामा दिने घोषणा गरेका थिए ।

मानन्धरको राजीनामाले सामाजिक सञ्जाल र मिडियामा नयाँ तरङ्ग पैदा गरेको छ। काठमाडौं-७ का मतदाताहरुलाई मानन्धरले धोका दिएको भन्दै नेकपाको आलोचना सुरु भएको छ। उनको यो कदम अलोकतान्त्रिक र अक्षम्य रहेको टिप्पणीहरु सुरु भएको छ ।

सांसद मानन्धरले अध्यक्ष पुष्पकमल दाहाल र नेता गौतमसँग छलफल गरी राजीनामा दिन लागेको जनाएपछि नेकपाका सचिवालय सदस्य एव उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जालमा लामो प्रतिक्रिया लेख्दै आलोचना  गरेका छन् तेस्तै नेकपाका नेता भीम रावलले पनि वामदेव गौतम किन सांसद हुनपर्ने भनी प्रश्न गरकेा छन्। उनले पार्टी चलायमान भएन र १-२ नेताले आफ्नो मनबाट निर्णय गरिरहने हो भने पार्टीको के अर्थ रह्यो र ? पार्टी पद्धतीमा जान पर्ने व्यक्ति पद्धतिमा गएपछि कसैको भलो हुन्न भन्ने आशय व्यक्त गरेका छन् ।

बर्दिया क्षेत्र नं १ बाट पराजित भएका वामदेव गौतमलाई किन सांसद हुन पर्‍यो भन्ने प्रश्न चारैतिर बाट उठिरहेको छ। पाँच वर्षका लागि उनलाई जनताले नकारेको अवस्थामा जनताको अभिमतको अपमान गर्ने पार्टी र नेता कसरी लोकतान्त्रिक हुनसक्छ भन्ने अर्को प्रश्न पनि सँगसँगै उठिरहेको छ।

 दुई-तिहाईको दम्भले नेतृत्वलाई घेर्न शुरु गरिसकेको हो ? केही नेताहरुको स्वार्थकालागि पार्टी भित्र छलफल नगरि निर्णयहरु हुन थाले पछि केन्द्रीय स्तरका नेताहरुले धमाधम असन्तुष्टी जनाउन थालेका छन्।

 यस अघी नै भुतपूर्व प्रम माधव नेपाल लगायतले नेतृत्वको आलोचना सुरु गर्दै सरकार र पार्टी नेतृत्व मनोमानी ढङ्गले चलेको भन्दै प्रधानमन्त्री केपी ओलीको चर्को विरोध गरेका थिए।

प्रकाशित मिति : आश्विन २५, २०७५ बिहीबार  ५ : ५५ बजे