प्रहरी प्रधान कार्यालयले ६३ औँ प्रहरी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्तिसुरक्षा भएको बताएका छन ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ‘नेपाल प्रहरी आगामी दिनमा थप जिम्मेवार र सक्रिय भएर अगाडि बढ्नुपर्ने बताए ।
प्रधानमन्त्री नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायलाई सक्षम बनाउन आफू कटिबद्ध रहेको बताए।
त्यस्तै सीमित स्रोत र साधनका बीच नेपाल प्रहरीले मुलुकको आन्तरिक सुरक्षामा खेलेको भूमिकाको प्रधानमन्त्री ओलीले प्रशंसा समेत गरेका छन ।