बार्सिलोना बराबरीमा रोकिदा रियललाई फाइदा



काठमाडौं । अन्तिम समयमा वु लीले गोल फर्काएपछि बार्सिलोना स्पानियोलसँग बराबरीमा रोकिन बाध्य भएको छ। स्पेनिस ला लिगा अन्तरगत भएको खेलमा बार्सिलोना स्पानियोलसँग २-२ को बराबरीमा रोकिएको हो।

खेलमा पहिलो अग्रता स्पानियोलले खेलको २३ औं मिनेटमा लिएको थियो। उसलाई सो अग्रता डेविड लोपेजले दिलाएका हुन्। लिगको पुछारमा रहेको टोलीले लिएको अग्रतालाई बराबरी गर्न बार्सिलोनाले दोश्रो हाफसम्म कुर्नुपर्यो। खेलको ५० औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछी बार्सिलोनाले बराबरी गरेको हो।

त्यसपछि बार्सिलोनाले ५९ औं मिनेटमा गोल गर्दै अग्रता लियो। सो गोल अटुरो भिडालले गरेका हुन्। तर खेलको ७५ औं मिनेटमा बार्सिलोना १० खेलाडीमा सिमित भयो। दोहोरो पहेलो कार्ड खाँदै डि जोङ मैदानबाट बाहिरिनु परेको थियो।

जारी लिगमा बार्सिलोना १९ खेलबाट ४० अंक जोड्दै लिगको शीर्ष स्थानमा छ भने उसलाई समान अंकसहित रियल मड्रिडले पछ्याइरहेको छ।

त्यस्तै पुछारमा रहेको स्प्यानोलको १९ खेलबाट ११ अंक छ।

प्रकाशित मिति : पुस २०, २०७६ आईतबार  २ : १७ बजे