काठमाडौँ –
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सिड्नीका सुरक्षाकर्मीले नेपाल भ्रमण वर्ष २०२० को र्याली गर्न रोक लगाएको समाचार झुठो भएको दावी गरेका छन् ।
मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत नेपाल भ्रमण वर्ष २०२० को र्याली गर्न रोक लगाएको समाचारमा कुनै सत्यता नरहेको दावी गरेका हुन् ।
‘मौन जुलुस मार्फत पर्यटन वर्षको प्रवर्द्धन गरिएको थियो । भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।