सिरहा –
१३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सिरहाबाट स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ ।
गोलबजार नगरपालिका १० धरमपुरका उसु खेलाडी १९ वर्षीय विजय सिंजालीलाई नगद ५१ हजार नगद सहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।
सिंजालीलाई गोलबजार नगरकाका मेयर देवनाथ साह, उपमेयर रेशमकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत श्रीधर के .सी .ले सम्मान गरेका हुन् ।










