क्यानडामा वीपी विचार राष्ट्रिय समाजको शाखा स्थापना 



 

काठमाडौैँ-

वीपी विचार राष्ट्रिय समाजको क्यानडामा शाखा स्थापना भएको छ । समाजको केन्द्रीय कार्यालय चण्डोलमा २०७६ पुष २३ गते बसेको बैठकले समाजको क्यानडा शाखा गठन गर्ने निर्णय गरेको हो ।

लेखनाथ तिमल्सिना संयोजक रहेको उक्त कार्यसमितिमा उपसंयोजक , सचिव, सहसचिव, कोषाध्यक्ष समेत गरि बढीमा २१ जनाको कार्यसमिति रहनेछ ।

उक्त समितिले ६ महिनाभित्र केन्द्रसँग समन्वय गरि क्यानडा शाखाको अधिवेशन गरि स्थाई समिति गठन गर्ने वीपी विचार राष्ट्रिय समाजका महासचिव विनध्यज चन्दले जानकारी दिनुभयो

प्रकाशित मिति : पुस २५, २०७६ शुक्रबार  ६ : ५४ बजे