यो हप्ता तपाइका लागी कस्तो छ ? हेर्नुहोस राशिफल



न्यू सञ्चार,काठ्माण्डौ-

२०७६ साल पौष २७ गते देखि–माघ ४ गते सम्मको राशिफल (नेपाली पात्रोबाट)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा केही चुनौती देखापरे पनि आफन्तको साथ प्राप्त हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। तापनि प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। कृषि तथा पशुपालनमा फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन गर्न सकिनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। पुरुषार्थी काम सम्पादन हुनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिनुहोला, लक्ष्यमा पुग्न सकिनेछ। सप्ताहान्तमा रमाइलो यात्रा हुनेछ। ९नेपाली पात्रो०

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रारम्भमा चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने व्यवसायमा मनग्गे धनलाभ हुनेछ। टाढिएका आफन्तजन नजिकिनाले प्रसन्नता मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मित्रहरूको सहयोग जुट्नाले महत्वपूर्ण काम बन्नेछ। पहिले गुमेको स्थान प्राप्त हुन सक्छ। शुभचिन्तकहरूको सञ्जाल फराकिलो हुनुका साथै काममा सहयोगी जुट्नेछन्। अध्ययनमा प्रगति हुनेछ र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। मिहिनेतले सामान्य कामबाट राम्रो लाभ दिलाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
इर्ष्या गर्नेहरूले धन र मान हानि गराउन सक्छन्। बोली र व्यवहारमा संयम रहनुहोला। सोखले खर्च निम्त्याउन सक्छ। तापनि पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। मौकामा सहयोगी तथा भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। बीचमा पारिवारिक असमझदारीले काममा बाधा उत्पन्न गराउला। विरोधीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। बुद्धिको उपयोगले काम लिने कोसिस गर्नुहोला, सप्ताहान्तमा नयाँ अवसर प्राप्त हुने योग छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
ऋबलअभचइच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। तर आक्षेप लगाउनेहरूले सताउन सक्छन्। आत्मसम्मानमा प्रश्न उठ्न सक्छ, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। मिहिनेत गर्दा बुधवारपछि आँटेको काम सम्पादन हुनेछ। जुझारु कार्यशैलीले शक्तिशाली व्यक्तिहरूसमेत पछि पर्नेछन्। पुरुषार्थी काम गर्दै प्रतिष्ठा र मनग्गे धन हातपार्न सफल भइनेछ। छोटो समयमा लक्ष्य प्राप्त गर्न सकिनेछ। सप्ताहान्तमा आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। साइनो गाँस्नेहरूबाट निकै सजग रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढा बस्ने आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। पारिवारिक भेटघाटले केही जिम्मेवारी बढाउन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्। लाभ नहुने जिम्मेवारी सम्हाल्नुपर्ला। तापनि सप्ताहान्तमा उपहारका साथै धनलाभ हुनेछ। स्रोत–साधन जुट्नुका साथै दिगो काम प्रारम्भ समेत हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुरुमा आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। सोमवारदेखि केही खर्चिलो काम गर्नुपर्ला। लगानी धेरै गर्नुपरे पनि सामान्य आम्दानी भइरहनेछ। खर्च लागे पनि विदेश ताक्नेहरूका लागि यात्राको अवसर आउनेछ। बुधवारदेखि रोकिएका काम बन्नुका साथै कर्मयोगले उचाइको बाटो समाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने कामले नाम, दाम र इनाम हातपार्न सकिनेछ। स्वास्थ्य भने केही कमजोर रहला। कामले विवाद पनि निम्त्याउन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तारिफयोग्य काम गर्दै नाम, दाम र इनाम हातपार्न सकिनेछ। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मेहनतले आम्दानी समेत बढाउनेछ। व्यापार तथा नोकरीमा मनग्य फाइदा उठाउन सकिनेछ। बिहीवारदेखि खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ। सरसापटमा धन बाहिरिने सम्भावना छ। तापनि सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। रमाइलो भेटघाट पनि हुनेछ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूका काममा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। बीचमा केही विवादास्पद काम गर्नुपर्ला। अध्ययनमा सकारात्मक नतिजा प्राप्त हुनेछ। व्यवसायमा पनि आम्दानी बढ्नेछ। अरूको मन जितेर काम बनाउन सकिनेछ। सप्ताहान्तमा भने फजुल खर्च बढ्नाले केही समस्या देखापर्न सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रारम्भमा स्वास्थ्य कमजोर रहनाले केही चुनौती पनि देखिनेछन्। अरूको स्वार्थमा उपयोग भइनेछ, सजग रहनुहोला। सोमवारदेखि स्थितिमा सुधार आउनेछ र अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। मिहिनेतले कीर्ति राख्ने अवसर प्रदान गर्नेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै काममा सहयोग गर्नेहरू जुट्नेछन्। व्यापारमा प्रशस्त फाइदा हुनेछ। दिगो काम प्रारम्भ हुनेछ भने राम्रो आयस्रोत बढाउन सकिनेछ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
ऋबउचष्अयचलप्रारम्भमा रमाइलो यात्रा हुनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। व्यवसायमा पनि फाइदा हुनेछ। सोमवारपछि भने परिस्थिति केही असहज बन्न सक्छ। स्वास्थ्यमा कमजोरी देखापर्नेछ। काममा अवरोध हुनेछ। तापनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। पछि उठ्ने रकम चाँडै हातलागी हुनाले समस्या तत्कालको समस्या टर्नेछ। धार्मिक मनोवृत्ति बढ्नेछ भने सामाजिक कार्यमा संलग्न भइनेछ। सप्ताहान्तमा कर्मयोगले उचाइमा पुर्याउने हुँदा गाम र दाम प्राप्त हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
विभिन्न अवसर प्राप्त हुनुका साथै मनग्गे फाइदा हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। नयाँ सम्बन्ध गाँसिनाले विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको योजना बन्नेछ। बुधबारपछि स्वास्थ्यमा ध्यान नदिनाले समस्या आइपर्ला। सानो काममा अलमलिनुपर्दा विशेष अवसर गुम्न सक्छ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। सप्ताहान्तमा आफ्ना विषयमा अरूले दाबी गर्ने हुँदा गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रारम्भमा केही घरेलु कामले अल्झाए पनि परिस्थितिलाई आफू अनुकूल बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूले दुस्ख दिए पनि कर्मयोगले फाइदा दिलाउनेछ। खर्च लागे पनि मिहिनेतले विशेष अवसर हात पार्न सकिनेछ। चिताएको काम बन्नाले जोश–जाँगर बढ्नेछ। दिगो काम हातपार्न सफल भइनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित होला। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय छ। सप्ताहान्तमा भने आफू कमजोर भइने डरले सताउन सक्छ।

प्रकाशित मिति : पुस २७, २०७६ आईतबार  १२ : ०७ बजे