रियल मड्रिडले उचाल्यो स्पेनिस सुपर कप



काठमाडौं । स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ। आइतबार साउदी अरेवियामा भएको फाइनल खेलमा मड्रिडले एथ्लेटिको मड्रिडलाई टाइब्रेकरमा ४-१ ले पराजित गरेको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि दुबै टोली गोलरहित बराबरीमा रोकिएपछि खेल पेनाल्टीमा पुगेको थियो।

यसक्रममा खेलको ११५ औं मिनेटमा रियलका फेडेरिको सिधै रातो कार्ड काँदै मैदान बाहिर जानुपरेको थियो। उनलाई एल्भारो मोराटालाई फल गरेको भन्दै रातो कार्ड देखाइएको थियो।

एथ्लेटिकोका साउल निगुएज र थोमस पार्टीले पेनाल्टीमा गोल गर्न चुकेपछि उपाधि रियल मड्रिडले उचालेको हो।

प्रकाशित मिति : पुस २८, २०७६ सोमबार  २ : ४१ बजे