कस्तो छ दशैको पौराणिक महत्व ? किन मनाईन्छ दशै ?



कार्तिक २,  काठमाडौँ —

हामीले धुम धामका साथ मनाउदै आएको दशैका बारेमा धेरै धार्मिक मान्यता हरु र बिभिन्न किम्बदन्तिहरु समेत सुनिदै आएको छ । दशैको शुरुवात पौराणिक मान्यताहरु सगै जोडिएको पाइन्छ ।

ज्योतिष शास्त्रीहरुका अनुसार  वर्षा ऋतुको समाप्तिको सूचक पर्वको रुपमा मानिने दशैंकै दिन नै नवरात्र देवी दूर्गाले जमानसको रक्षाको लागि नौ दिनसम्म युद्ध गरेर आसुरी शक्तिलाई परास्त गरी दैवी शक्तिको रक्षा गरेको स्मरणमा पनि विजया दशमी मनाईन्छ। देवी दूर्गाले महिषासुर नामक राक्षसको युद्धको नवौं दिन अर्थात् विजया दशमीको दिन नै विजय हाँसिल गरेकी थिईन्। त्यसैले दूर्गा पूजाको समाप्तिको प्रतीकको रुपमा विजयको प्रसादको रुपमा रातो टीका र जमरा लगाउने चलन रहेको छ। आम धर्तीवासीको रक्षाको लागि देवी दूर्गाले महिषासुर तथा असुरहरुको सेनासँग चामुण्डाको पहाडमा युद्ध गरेर पराजीत गराएकी थिईन्।

त्यस्तै, भगवान श्रीरामले रावणमाथि विजय हाँसिल गरेको बताईन्छ। यस दिन घरको ढोकामा फूल मालाद्वारा सजिसजाउ गर्ने गरिएको छ। घरमा राखिएका शस्त्रहरु वाहनहरु आदिको पूजा आजा गर्ने काम पनि यसै दिन पनि गरिन्छ। कतै कतै यो सप्तमी र नवमीको दिन पनि गर्ने गरिएको छ। यसरी सबै साधन र शस्त्रहरुको पूजनपछि कतै कतै रावण दहन गरी विजय स्वरुप निधार भरी रातो टीका र जमरा लगाउने गरिएको छ।

ज्योतिष शास्त्रका अनुसार सबैभन्दा शुभ मानिने शुक्ल पक्ष र त्यसमा पनि शारदीय मासमा पर्ने आश्विनको दशमीको दिन जस्ता सुकै मंगलकार्यको लागि पनि शुभ हुने भएकोले जस्तो सुकै काम पनि यो दिनदेखि सुरुवात गर्नको लागि कुनै समय जुराईरहनु पर्दैन भन्ने विश्वास छ।

यसदिन नै व्यापार तथा व्यवसाय गर्नेहरुले सामान खरीद गर्ने, नयाँ पेशाको सुरुवात गर्ने नयाँ बाहनहरुको खरीद जस्ता कामहरु धेरै गर्नु उपयुक्त मानिन्छ। यो दिन दिनभरी नै शुभ मुहुर्त हुने भएकोले पनि यस दिनभरी नै मंगलकार्यहरु शुभारम्भ गर्न सकिन्छ।

प्रकाशित मिति : कार्तिक २, २०७५ शुक्रबार  ६ : २६ बजे