कार्तिक ३ शनिबार
रुकुम
रुकुममा शुक्रबार राति ११ः३० बजे एक घरमा घरमा मासु पकाउने क्रममा एक्कासि कराइको तेल बलेर आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ ।
सिस्ने गाउँपालिका–५ रुमालबाराका ज्ञानु बुढाको खरले छाएको एकतले घरमा आगलागी हुँदा रु ५५ हजार, अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायत गरी रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।
प्रहरीका अनुसार ज्ञानु बुढाकी श्रीमती ३६ वर्षीय मोतीकला बुढाको हात, खुट्टा र ढाडमा आगोले पोलेकाले उपचारका राति नै जनस्वास्थ्य रुकुमकोटमा सामान्य उपचारपछि जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा पठाइएकामा त्यहाँपनि उपचार असम्भव भएपछि अहिले नेपालगञ्ज लगिएको छ।
आगलागीबाट एउटा भैंसी र बाख्रा जलेका छन् ।आगो प्रहरी र स्थानीयवासीले राति २ बजे नियन्त्रणमा लिएका थिए ।