ओमानलाई नेपालले दियो २५० रनको लक्ष्य



आइसीसी विश्वकप लिग २ मा नेपालले ओमानलाई २५० रनको लक्ष्य दिएको छ । टियु मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको हो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए । पारस खड्काले ३८, विनोद भण्डारीले ३५, कुशल मल्लले २८, आरिफ शेखले २८, सुवास खकुरेलले २२, करण केसीले १०, सन्दिप लामिछानेले १० र कमल सिंह ऐरीले ९ रन बनाए ।

प्रकाशित मिति : माघ २६, २०७६ आईतबार  १० : ०५ बजे