काङ्ग्रेसले जितेका स्थानीय निकायमा बजेट काटेर सरकारले भेदभाव गर्‍यो:  काङ्ग्रेस नेता गच्छदार



कात्किक ४, विराटनगर-

नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काङ्ग्रेस विजयी भएको स्थानीय निकायमा सङ्घीय सरकारले बजेट कटौती गरी भेदभाव गरेको बताएका छन ।

नेता  गच्छदारले  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महँगी वृद्धि र जनतामा कर भार थपिदै दिन प्रतिदिन शान्तिसुरक्षाको अवस्था नाजुक  भएका कारण  करणी र हत्याका घटना वृद्धि भएकामा चिन्ता व्यक्त गरे ।

त्यस्तै परराष्ट्र, अर्थ र सुरक्षाजस्ता विषयमा प्रदेश सरकारले केन्द्रसँग समन्वय गर्नु नै राम्रो हुने र सुरक्षा संवेदनशील विषय भएकाले प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वयमा कानून निर्माण गर्नुपर्ने पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदारले बताए ।

 

प्रकाशित मिति : कार्तिक ४, २०७५ आईतबार  १ : ३४ बजे