इपिएलको उद्घाटनखेलमा ललितपुर र पोखरा भिड्ने



एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिएटस र पोखरा राइनोजबीच खेल हुने भएको छ।

बिहीबार आयोजकले खेल तालिका सार्वजनिक गर्दा उद्घाटन खेलमा ललितपुर र पोखराबीच प्रतिस्पर्धा हुने भएको हो। उद्घाटन खेल चैत १ गते त्रिवि क्रिकेट मैदानमा हुँदैछ।

पोखरा टिममा वेष्ट इन्डिजका क्रिस गेल, वेष्ट इन्डिजकै केस्रिक विलियम्स र स्कटल्यान्डका जर्ज मुन्से छन्। यता, ललितपुरले भने श्रीलंकाका उपुल थारंगा, पाकिस्तानका हम्माद आजम, हसन खान र मिर हाज्मालाई भित्र्याएको छ।

विश्वका चर्चित खेलाडीको सहभागिता रहने इपिएलको उद्घाटन खेल नै रोमाञ्चक हुने भएको छ।

प्रकाशित मिति : फाल्गुन १५, २०७६ बिहीबार  ७ : ११ बजे