कोरोनाको जस्तै लक्षण भएका चार विरामी टेकु अस्पतालको आइसोलेसनमा



चीन र दक्षिण कोरियाबाट फर्केका ४ जना नेपाली विरामी  कोरोनासँग मल्दिोजुल्दो देखिएपछि आइसोलेसनमा राखिएको  टेकुस्थित शुक्रराज टर्पिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक डा . वासुवेद पाण्डेले एकजना चीनबाट आएका र ३ जना दक्षिण कोरियाबाट विरामीलाई आइसोलेसनमा राखिएको जानकारी दिए।आइतबार कोरियाबाट आएका तीनजना भर्ना गरिएको छ ।

तीमध्ये बिहान दुईजना र अहिले बेलुकी एकजना भर्ना भएको उनले जनाए ।

उनले ती विरामीको स्वास्थ्य परीक्षणका लागि अमुना संकलनसमेत गरिएको बताए।

नेपालमा कोरोनाको आशंकामा यसरी आइसोलेसनमा राखिएको यो पहिलो घटना हो।

विश्व स्वास्थ्य संगठनले कुनै पनि मुलुक कोरोनाको चपेटामा पर्न सक्ने बताएको छ भने नेपाललाई उच्च जोखिममा राखेको छ।

सरकारले आइतबार मात्रै कोरोनाको सम्भावित जोखिमबाट बच्न मानिसहरुलाई भेला, भोजभतेर नगर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : फाल्गुन १८, २०७६ आईतबार  २ : ४४ बजे