नेपाल सरकारले अत्यावश्यक अवस्थाबाहेक विदेश नजान नेपालीहरुलाई आग्रह गरेको छ ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिम भएको मुलुकमा सूचिकृत गरेपछि नेपाल सरकारले विशेष पूर्वसावधानी अपनाएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
उनले भने, “अत्यावश्यक अवस्थाबाहेक काम, अध्ययन, घुमफिरका लागि विदेश नजान अनुरोध गर्दछौं ।
तत्कालन विद्यार्थीहरुलाई ‘नो अब्जेक्स सर्टिफिकेट’ नदिइने, वैदेशिक रोजगारीमा जानेका लागि पनि अत्यावश्यक अवस्थाबाहेक नजान हामी अपिल गर्दछौं ।”
त्यसैगरी विवाह, पार्टीजस्ता कुराहरुलाई पारीवारिक जमघटमा सीमित राख्न समेत मन्त्री ज्ञवालीले आग्रह गरेका छन् ।
उनले ठूलो भीडमा नबस्न, लामो समय बाहिर नहिंड्, मास्क प्रयोग गर्नसमेत आग्रह गरेका छन् ।










