कोरोनाभाइरस संक्रमण भएको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका पाँचजना बिरामीमा कोरोना भाइरसको संक्रमण नदेखिएको पुष्टी भएकै दिन मंगलबार फेरी टेकुस्थित सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोना (कोभिड१९) को आशंकामा मंगलबार फेरि दुई जनालाई भर्ना गरिएको छ ।
कोरोना संक्रमणको आशंकमा दुई जनालाई आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिएका छन ।
आइसोलेसनमा राखिएका दुई जना बिरामी मध्ये एक जना दक्षिण कोरिया र अर्का मध्यपूर्वबाट आएका हुन् ।
उनिहरुको परिक्षण शुरु भएको र रिपोर्ट आउन केहि दिन लाग्ने ब ताइएको छ ।










