चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी डडेल्धुरा पुगेका छन्। दुई महिना निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न डा.केसी मंगलबार डडेल्धुरा पुगेका हुन्। डडेल्धुरा पुगे लगत्तैबाट उनले डडेल्धुरा अस्पतालमा रहेका बिरामीलाई अनौपचारिक रुपमा सेवा दिन सुरु गरेका छन्।
अस्पतालमा स्वंमसेवको रुपमा औपचारिक कामको थालनी उनले बुधबारदेखि दुई महिनासम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उनले बताए। डडेल्धुरामा रहँदा उनले अनसन बस्ने वा नबस्ने निणर्य पनि लिने बताए। अघि सारेका मागहरू पूरा नभए यहीँ अनशन बस्ने सक्ने संकेत समेत उनले गरेका छन्। ‘अहिले डडेल्धुरा अस्पतालबाट म सेवा दिन आएको हो। अरु कुरा पछि गरौंला।’ डा. केसीले भने, ‘ निःशुल्क सेवा गर्छु। अस्पतालको कुनै सेवासुविधा लिदैन। भाडाको घरमा बस्छु।’
गत कात्तिक १८ गतेदेखि आफूसँग भएका पूर्वसहमति कार्यान्वयन गर्न माग गर्दै प्रा.डा. केसीले डडेल्धुरामा १७औँ अनसन समेत सुरु गरेका थिए। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाश लिएपछि डा. केसी सो समयमा यहाँ आएर ९ दिनसम्म अनसन बसेका थिए।
डा.केसीले सो समयमा भारतले नेपाली भूमि कलापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेर सीमा मिचेकाले राष्ट्रियताका लागि एकजुट हुन आग्रह गर्दै अनसन स्थगीत गरेका थिए। अहिले नयाँ नक्सा सार्वजनीक भएको कुरा सुन्दा खुशी लागेको बताए ।
स्थानिय खुसी
डडेल्धुरा अस्पतालमा निशुल्क सेवा दिनका लागि डा केसी पुगेपछि यहाका स्थानिय वासीन्दा खुसी भएका छन् । हाड जोर्नीका लागि डडेल्धुरा अस्पतालमा डा केसी आए संगै अव जटिल किसिमका हाड जोर्नीका सल्यक्रिया पनि यही हुने भएपछि आफुहरुलाई खुसी लागेको डडेल्धुरा नागरिक समाजका अध्यक्ष रमेश जोशीले वताउँनु भयो ।
‘डा केसीले डडेल्धुरा अस्पतालमा आएर सेवा दिनु यस क्षेत्रका विशेष गरी हाडजोर्नीका विरामीले अव तराईका जिल्ला जानु पर्दैन ।’अध्यक्ष जोशीले भने , ‘डा केसीलाई दुई महिना मात्रै नभई वढी समय वस्ने वातावरणको सृजना गर्दछौं ।’










