विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण पछिल्लो समय भारतमा समेत तिब्र रुपमा फैलिना थालेपछी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो पटक होली कार्यक्रममा सहभागी नहुने निर्णय गरेका छन् ।
“कोरोना भाइरसबाट बच्नका लागि हामीले ठूलो संख्यामा एकत्रित हुनबाट जोगिनुपर्छ । म यस वर्ष होलीका कुनै पनि कार्यक्रममा सहभागी हुने छैन,” उनले ट्विटरमा लेखेका छन् । प्रधानमन्त्री मोदीलाई चिकित्सकहरुको एक टोलीले कोरोना भाइरसबाट बच्न सल्लाह दिएसँगै उनले यो निर्णय लिएका हुन् ।
Experts across the world have advised to reduce mass gatherings to avoid the spread of COVID-19 Novel Coronavirus. Hence, this year I have decided not to participate in any Holi Milan programme.
— Narendra Modi (@narendramodi) March 4, 2020
भारतमा बुधबारसम्म कोरोना संक्रमितको संख्या २८ पुगेको छ भने संक्रमण भएको आशंका ७० जनालाई निगरानीमा राखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यामहरुका अनुसार बुधबार मात्र भारतका आगरामा ६ जना, तेलंगाना र दिल्लीमा १–१ जना जयपुरमा इटलीका २ नागरिकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भारतमा सबैभन्दा पहिले केरलामा ३ जनामा संक्रमित देखिएको थियो । यी तिनै जना अहिले उपचारपछि घर फर्किएका छन् । त्यसपछि आगरामा ६ जनामा संक्रमित भएको पाइएपछि उनीहरुलाई दिल्लीस्थित सफरदंग अस्पतालमा भर्ना गरिएको छ ।














