९ कात्तिक, जनकपुर ।
२ नम्बर प्रदेश सरकारको मन्त्रिपरिषद बैठक शुक्रबार सम्पन्न भएको छ ।
बैठकले हिन्दू नेपालीहरुले भव्यताका साथ मनाउने रामजानकी विवाह पञ्चमी महोत्सव मनाउन ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । बैठकले महोत्सवका लागि ५० हजार रुपैयाँ आर्थिक सहयता दिने निर्णय गरेको हो ।
त्यस्तै प्रदेश सरकारले आफ्नो सचिवालयलाई मधेस भवन घोषणा गरेको छ । जनकपुर चुरोट कारखानाको परिसरमा रहेको प्रदेश सरकार सचिवालयको नाम मधेस भवन राखेको हो ।
त्यस्तै संघीय सरकारले आवश्यक कर्मचारी नपठाए प्रदेश सरकारले आफै व्यवस्था गर्ने निर्णयसमेत गरेको एक जानकारी दिदै एक मन्त्रीले प्रदेश सरकारले तयार पारेको कर्मचारी संगठनात्मक संरचना (ओएनएम) अनुसारको कर्मचारी एक महिनाभित्र पठाउन संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको बताए ।