प्रदेश नम्बर २ मा भोलि र पर्सि होलिको बिदा



प्रदेश नम्बर २ सरकारले मंगबार र बुधबार सार्वजनिक बिदा दिएको छ।

फागुपूर्णिमा (होली पर्व) को अवसरमा प्रदेश नम्बर २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले फागुन २७ र २८ गते सार्वजनिक बिदा दिएको हो।

मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्ति निकालेर होली पर्वमा दुई दिन सार्वजनिक बिदा दिएको उल्लेख गरेका छन्।

‘होलीको अवसरमा प्रदेश नम्बर २ सरकारले प्रदेशभित्र दुई दिन सार्वजनिक बिदासमेत दिएको हुँदा यस पर्वलाई शान्तिपूर्ण तरिकाले हर्षोल्लासपूर्वक मनाउन सम्पूर्ण प्रदेशबासीमा हार्दिक आह्वान गर्दछौं,’ मुख्यमन्त्री राउतले भनेका छन्।

प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार  ७ : ४० बजे