कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारत र चीन दुवै देशसँग वार्ता गरी सीमा समस्याको समाधान खोज्न सरकारलाई सुझाव दिएका छन्।
प्रधामन्त्री केपी शर्मा ओलीले सीमा समस्याका विषयमा छलफल गर्न आयोजना गरेको सर्वदलीय बैठकमा देउवाले यस्तो सुझाव दिएका हुन्।
बैठका जारी रहेपनी पूर्वप्रधानमन्त्री देउवा बाहिरिएका छन ।
नेपाली भुमी फिर्ता ल्याउन बार्ता र कुटनितिक पहल बढाउन आफुले सरकारलाई सुझाब दिएको देउबाले सञ्चारकर्मिहरुलाई बताए ।








