शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यससगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यीमध्ये ८८ जना महिला हुन् भने ३ सय ३८ जना पुरुष हुन्।
हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन्
मन्त्रालयका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ।
नेपालमा हालसम्म २२ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।










